
काठमान्डौ/मंगलबार सुनको भाउ रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला ९०० रुपैयाँले बढेसँगै भाउ रेकर्ड बिन्दुमा पुगेको हो ।
मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।