
काठमान्डौ/नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पदभार ग्रहण गरेका छन् ।
सोमवार पद तथा गोपनीयताको शपथग्रहण गरेका मन्त्री सुडीले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी जसपाबाट ओली सरकारमा मन्त्री बनेका हुन् ।