ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

Share:

काठमान्डौ/नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।

 

सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताए । तथापि, चुनौतीहरू आउन सक्ने बताए । चुनौतीहरूलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उनले बताए ।

 

‘‘यो सरकारलाई असफल हुने छुट छैन । त्यसकारणले सफल हुने गरी यो सरकार अगाडि बढ्नेछ । देशबासीले यही अपेक्षा गरेको छ,’ बर्तौलाले भने ।

Share: