Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सचिव सेवा लम्साल र युनान प्रान्तका उपगभर्नर हाउबीच भेटवार्ता – Lekhanpeeth

सचिव सेवा लम्साल र युनान प्रान्तका उपगभर्नर हाउबीच भेटवार्ता

186
0
Share:

काठमान्डौ/परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र चीनका युनान प्रान्तका उपगभर्नर वाङ हाउबीच भेटवार्ता भएको छ ।

 

चीनको विदेश मन्त्रालय र युनान प्रान्तको सरकारको संयुक्त आयोजनामा सुरु भएको पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा भाग लिन चीन पुगेकी सचिव लम्सालले बिहीबार उपगभर्नर हाउसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ । दुई देशको सम्बन्धलाई अझै मजबुत कसरी बनाउने, एक अर्कासँग सहकार्य गरेर कसरी अगाडि बढ्ने, अगामी योजना तथा कार्यक्रमहरूको बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Share: