Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दमौली अस्पतालमा सर्प दंशको उपचार केन्द्र बनाइने – Lekhanpeeth

दमौली अस्पतालमा सर्प दंशको उपचार केन्द्र बनाइने

145
0
Share:

काठमान्डौ/तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्प दंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्प दंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।

 

सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । त्यसका लागि अस्पतालमा आवश्यक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ ।

 

उनले भने, “सर्पले टोकेका बिरामीको उपचारका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता छ, दमौलीमा उपचार केन्द्र सञ्चालन गर्न सकिए सर्पदंशपीडितलाई राहत पुग्नेछ ।”

 

दमौलीमा अस्पतालमा वार्षिक रुपमा करिब ५० जना सर्प दंशका बिरामी आउने गरेको र त्यस्ता बिरामीलाई पोखरा वा चितवन पठाउने गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । यहाँ सर्प दंशका बिरामीलाई उपचार गर्ने सामग्री नभएकाले अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

Share: