कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

115
0
Share:

काठमान्डौ/कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

 

उनकाे पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।

 

नकर्मी नेपाली काँग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित भएका थिए । नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् । यसैबीच, कीर्तिपुर नगरपालिकाले मेयर नकर्मीको निधनमा आज शोक बिदा दिएको छ ।

Share: