स्पेनलाई हराउँदै हङकङ टेबल टेनिसको सेमिफाइनलमा

144
0
Share:

काठमान्डौ/पेरिस ओलम्पिकको मिक्स डबल्स खेलमा स्पेनलाई हराउँदै हङकङ सेमिफाइनलमा प्रवेश गरेको छ।हङकङका टेबल टेनिस जोडी डु होइ र वोङ चुनले स्पेनी जोडीलाई पराजित गरेका हुन्।

 

५० मिनेटसम्म चलेको क्वाटर फाइनलमा हङकङका जोडीले स्पेनी जोडी मारिया जिओ र रोबल्स अल्भारोलाई ४-२ ९९-११, ११-९, ११-४, १०-१२, ११-२, ११-८० ले हराए।

 

खेलको अन्तिममा ०-४ ले पछि परेको हङकङ दबाबलाई उत्प्रेरणामा परिणत गर्दै ११-८ ले जितेर सेमिफाइनलमा प्रवेश गरेको हो।डु र वोङले सोमबार राति किम कुम योङ र रि जोङ सिकको सामना गर्नेछन्।

Share: