सरकारले उपभोक्ता हितका काम अघि बढाउँछ : गृहमन्त्री लेखक

125
0
Share:

काठमान्डौ/गृहमन्त्री रमेश लेखकले मूल्यवृद्धिलगायतका आम उपभोक्ताको हितका कामलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् ।

 

बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागका पदाधिकारी तथा प्रतिनिधिहरुसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री लेखकले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा देखिएको समस्या जायज भएकाले यसको समाधानका लागि सरकार क्रियाशील भएर लागिपर्ने बताए । उनले आम नागरिकाक समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले त्यसलाई गम्भिरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिए ।

 

त्यस अवसरमा विभागले गृहमन्त्री लेखकलाई आम उपभोक्ता मूल्य वृद्धिको मारमा परेको, भारतबाट हुने गरेका चोरी निकासीका कारण स्वदेशी उत्पादनले बजार नपाएको र राजस्व समेत गुमाउनु परेकोलगायतका मागसहितको ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री लेखकले आम उपभोक्ताको हितका लागि बुझाएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको बूदाहरु आफूले सक्रियतापूर्वक कार्यान्वयनमा लैजाने बताएका थिए ।

Share: