कर्णालीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

131
0
Share:

काठमान्डौ/कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रले यही साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

 

सरकारमा सहभागी भएका कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

 

संविधानको धारा १६८ को उपधारा २ अनुसार कँडेल २८ चैत २०८० मा मुख्यमन्त्री नियुक्त भएका थिए । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धन (एमाले–काँग्रेस)दलहरूको २४ सांसद छन् ।

 

नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

Share: