Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
खराब मौसमका कारण हवाई उडान प्रभावित – Lekhanpeeth

खराब मौसमका कारण हवाई उडान प्रभावित

187
0
Share:

काठमान्डौ/खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ । अविरल वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

 

मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका अनुसार खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको छ।

 

कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।

 

खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।

Share: