Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा – Lekhanpeeth

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा

Share:

काठमान्डौ/नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

 

हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौँबाट उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।

 

शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी र नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सो स्थानमा जान लागेको नुवाकोट प्रहरीले प्रशासनलाई जानकारी दियो । थप विवरण आउन बाँकी छ ।

Share: