विद्युत व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

118
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतमा भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।

 

बिहीबार सर्वोच्चका न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्माको पूर्ण इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको हो । पूर्वसचिव सूर्यनाथ उपाध्यायले वारेसमार्फत सर्वोच्च्मा रिट निवेदन दर्ता गराएका छन् ।

 

पूर्वसचिव उपाध्यायद्वारा दायर रिटमा २०८० पुस १९ गते नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधानको प्रतिकूल तथा देशको हितविपरीत रहेको जिकिर गरिएको छ ।

 

सन्धि ऐन, २०४७ को दफा ३ अन्तर्गत पूर्णाधिकार प्राप्त नगरी सम्पन्न गरिएको सन्धि उत्प्रेषणको आदेशले बदर गर्न पनि रिट निवेदनमा माग गरिएको छ ।

Share: