Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा – Lekhanpeeth

आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

153
0
Share:

काठमान्डौ/आज कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा छ । कोशीमा आदिवासी जनजाति दिवसको अवसरमा र कर्णालीमा नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

 

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा साउन २५ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

 

यस्तै, कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

Share: