
काठमान्डौ/शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला ३०० रुपैयाँ रहेको सुनको मूल्य शुकबार १५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४२२ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ६५ पैसामा कारोबार भइरहेको छ ।