Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
च्याउ खेतीबाट वार्षिक १० लाख आम्दानी – Lekhanpeeth

च्याउ खेतीबाट वार्षिक १० लाख आम्दानी

Share:

काठमान्डौ/जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउ खेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् ।

 

तीन वटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउछिन् । “च्याउ खेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन”, उनले भनिन् । गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ ।

 

कच्चा पदार्थसहितका सामग्री तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनियाँ पनि उत्पादन गर्दै आएकी छन् । “हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु”, खत्रीले भनिन् । श्रीमान्को सहयोगमा उत्पादित सागसब्जी बजार पुर्‍याउने गरेको उनले सुनाइन् ।

 

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आकर्षण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले बताए । “गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ”, उनले भने ।

Share: