Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

186
0
Share:

काठमान्डौ/नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । यो दिन तोलामा ७०० रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कायम थियो ।

 

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २७ हजार ५७० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७४ रुपैयाँ ५० पैसा रहेको छ ।

Share: