
काठमान्डौ/सुनको मूल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार २१ सय रुपैयाँ बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।