Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

212
0
Share:

काठमान्डौ/नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

 

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

Share: