Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
म निर्वाचित भएँ भने अमेरिकी इतिहासकै ठूलो निर्वासन गराउने छु : पूर्व राष्ट्रपति ट्रम्प – Lekhanpeeth

म निर्वाचित भएँ भने अमेरिकी इतिहासकै ठूलो निर्वासन गराउने छु : पूर्व राष्ट्रपति ट्रम्प

179
0
Share:

काठमान्डौ/आसन्न अमेरिकी निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्क दुवैले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गरेका छन् ।

 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले मंगलबार बिहान एक्सको स्पेश कुराकानीको क्रममा अमेरिकन अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अबैध आप्रवासनका बारेमा खुलेर कुरा गरेका छन्।

 

मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिदैँ अमेरिकाको दक्षिणी सिमा यात्राको क्रममा भोगेको र देखेको घटना सुनाउँदै भने कि, ‘त्यहाँ देखिएका मानिसहरू मैत्री देखिएनन् ।’ दक्षिण सिमावाट अमेरिका छिर्न खोजिरहेका मानिसहरू क्यापेबल नभएको भन्नेमा उनीहरू दुबै सहमत भएको जनाएको छ ।

 

ट्रम्पले आफ्नो पुर्ववत दावीहरू दोहोर्याउँदै अन्य देशका ‘अपराधी र मानसिक रोगी’ अमेरिकाको सीमा भित्र छिरिरहेको बताए ।

Share: