Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्रकमा च्यापिएर चालकको मृत्यु – Lekhanpeeth

ट्रकमा च्यापिएर चालकको मृत्यु

Share:

काठमान्डौ/सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

 

मंगलबार बिहान साढे ६ बजे शम्भुनाथ नगरपालिका-५ पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

 

चालक मोरङ उर्लाबारी न.पा. १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको हो। मधेश प्रदेश-०३-००१ ख ८१८१ नं को १२ चक्के ट्रक मोहनपुर पुलबाट अन्दाजी २० मिटर तल खसेको हो।

 

पुलबाट खसेर दुर्घटना हुँदा चालक सोही ट्रकमा फसेका थिए। सोही ट्रकमा च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको डिएसपी न्यौपानेले बताए।

Share: