Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल – Lekhanpeeth

सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल

191
0
Share:

काठमान्डौ/कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

 

यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।

 

उनले जनसेवालाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए । उनले सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक प्वाइन्ट खडा गरिएको आफूले पाएको उल्लेख गर्दै यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन पुनर्विचार गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

 

प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउनु नहुने बताए ।

Share: