Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाल्पामा तीन जना फरार अभियुक्त पक्राउ – Lekhanpeeth

पाल्पामा तीन जना फरार अभियुक्त पक्राउ

168
0
Share:

काठमान्डौ/जिल्ला प्रहरी कार्यालय पाल्पाले कैद सजाय पाएका तीन जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका-६ बसर्पाक बस्ने ४७ वर्षीया नारायणी राना, रामपुर नगरपालिका-५ का २४ वर्षीय अप्सनबहादुर वंसी ठकुरी र तानसेन-३ का ४४ वर्षीय अर्जुन थापा रहेका छन् ।

 

अर्जुन थापा २०८० जेठ २ गते सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय फैसला भई फरार भएका थिए । यस्तै, राना २०८० मंसिर १४ गते जिल्ला अदालत पाल्पाबाट चेकअनादर मुद्दामा एक हजार जरिवाना फैसला भई फरार भएका थिए भने अप्सनबहादुर वंशी २०८० असार २० गते अदालतबाट अभ्रद व्यवहार मुद्दामा आठ हजार जरिवान फैसला भई फरार भएका हुन् ।

 

उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले फरार अभियुक्तलाई घरबाटै पक्राउ गरी सजाय भुक्तानीका लागि अदालत पेस गरिसकेको छ ।

Share: