
काठमान्डौ/बिहीबार छापावाला सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, बिहीबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।