
काठमान्डौ/नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै अधिकारीले भदौ २ गतेदेखि कार्यभार सम्हाल्ने छन् । उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो ।
यसअघि निफ्राको पूर्व कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गत माघमा राजिनामा दिएपछि उक्त पद खाली थियो । करिब सात महिना पनि सोही पदमा अधिकारी नियुक्त भएका हुन् ।