
काठमान्डौ/भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । मृतक पुरुष ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौँका कपन बस्दै आएका उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए ।
करिब ४५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ठक्कर दिएपछि स्कुटर चालकलाई ट्रकले २० मिटर परसम्म लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।