सुनको मुल्य घट्यो, चाँदीको स्थिर

103
0
Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

 

सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: