नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अबरुद्व

107
0
Share:

काठमान्डौ/नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौं सडक अबरुद्व भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।

 

ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।

Share: