
काठमान्डौ/बिहीबार बिहान काठमाडौंको बलम्बुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । चन्द्रगिरी नगरपालिका- १२, स्थित वडा कार्यालयनजित फेला परेको शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारिएको नेपाली सेनाले जानकारी दिएको छ ।
बिहीबार बिहान शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसलगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरीले झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु देखेपछि स्थानीयलाई सुरक्षित स्थानमा पठाएर नेपाली सेनालाई खबर गरेको थियो ।
त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो ।