
काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले हाल करिब दुई लाख हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्न सकिने र अपुग १० लाख मेट्रिक टन धान उत्पादन गरी आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालित रहेको उल्लेख गरे ।
उनले भने , “फलफुल, खाद्यान्न र तरकारीमा देशलाई आत्मनिर्भर गराउने योजनाका सम्बन्धमा मुलुक माछा, मासु, दूध र अण्डा उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्न सफल भएको छ । तर तरकारी, फलफूल तथा खाद्यान्नमा पर निर्भरता बढ्दै जानु सरकारका लागि चिन्ताको विषय बनेको छ ।”