पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

132
0
Share:

काठमान्डौ/शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको छ । बिहीबार ११०० रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ शुक्रबार ५ सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: