Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पोखरेल – Lekhanpeeth

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पोखरेल

183
0
Share:

काठमान्डौ/नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टंक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

 

लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, वस्तुगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महासचिबमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । लुम्विनी प्रदेश चेम्बरको सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम चयन भएका हुन् । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ ।

 

प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरुलाई कृषि पेशामा आर्कषित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ । मुलुकमा कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्य मन्त्री आचार्यले बताए ।

 

अधिवेशनलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।

 

Share: