Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने – Lekhanpeeth

साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने

205
0
Share:

काठमान्डौ/साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

 

सेमिफाइनलमा नेपाल भुटानलाई हराएर फाइनलमा पुगेको हो भने बंगलादेशले भारतलाई पराजित गरेको थियो ।

 

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यही भदौ २ गते सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देश सहभागी भए । समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका थिए ।

Share: