सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

83
0
Share:

काठमान्डौ/बुधबार सेयर बजारमा तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ ।

 

कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो बजार २७६२ अंकसम्म झरेको थियो ।

 

बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।

 

यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटेल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।

Share: