Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भीम रावलको प्रश्न- टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ? – Lekhanpeeth

भीम रावलको प्रश्न- टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ?

223
0
Share:

काठमान्डौ/नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

 

उनले भनेका छन् ‘टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो ।’

Share: