देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा

76
0
Share:

काठमान्डौ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताइन् ।

 

धनगढीस्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गरेको उनिले स्पष्ट पारिन् ।

 

स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उनिले स्पष्ट पारिन् । मन्त्री राणाले भनिन, “दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा सङ्कट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।

 

राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने मन्त्री राणाले प्रतिबद्धता व्यक्त गरिन् । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनिले बताइन् ।

Share: