Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण – Lekhanpeeth

चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

176
0
Share:

काठमान्डौ/सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन, “पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहेछ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो १० वर्षमा २० हजार तीन सय ८० चट्याङ पर्दा आठ सय ६६ जनाले ज्यान गुमाउनु परेको रहेछ, दुई हजार पाँच सय ७५ जना घाइते भएको रहेछ ।”

 

उनले पछिल्लो १० वर्षभित्रमा चट्याङ्का कारण तीन हजार दुई सय ४५ पशुचौपायाको क्षति भएको र तीन हजार ७५ घर परिवार प्रभावित भएको तथ्यसमेत प्रस्तुत गरिन्। नेपाल प्रहरीको तथ्याङ्कअनुसार बर्सेनी औसतमा ७७ जनाले चट्याङको कारण ज्यान गुमाएको सांसद थिङको भनाइ छ । “यो तथ्य हेर्दा कहालिलाग्दो भएका कारण सरकारले तत्काल चट्याङ्को जोखिम क्षेत्र अध्ययन गरी चट्याङको जोखिम न्यूनीकरण गर्न, न्यूनीकरणको उपाय तथा पूर्वतयारी तत्काल गरियोस् भनी म नेपाल सरकारसँग जोडदार माग गर्दछु”, उनले भनिन्।

 

उनले पछिल्लो समयमा भएको अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गको सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१ अन्तर्गत २० मिटर सडक दुई फिट भासिँदा सडकमुनि रहेका पाँच घर जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले तत्काल उक्त सडक मर्मत गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै उक्त जोखिममा रहेका घरपरिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन्।

Share: