एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

Share:

काठमान्डौ/नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ ।

 

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

 

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ ।

Share: