निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

117
0
Share:

काठमान्डौ/नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा कम्पनीले उक्त योजना ल्याएको हो ।

 

‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकले निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलको खरिदमा १५ लाख सम्मको छुट पाउने छन् । साथै योजना अन्तर्गत ग्राहकहले निसान गाडी बुकिङ गर्दा १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), ३ बर्षको सडक कर(रोड ट्याक्स), ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र १५ लाख रुपैयाँसम्मको छुट सुविधा पाउन सक्ने छन् ।

 

नेपाली बजारको लोकप्रिय एसयुभी निसान म्यागनाइटको खरिदमा फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८०% सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को सुविधा समेत कम्पनीले उपलब्ध गराउने छ ।

 

त्यसैगरी, अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

 

यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू को मज्जा लिन आह्वान गर्दछ ।

Share: