Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभाका दुई समितिका सभापतिको निर्वाचन सोमबार – Lekhanpeeth

राष्ट्रिय सभाका दुई समितिका सभापतिको निर्वाचन सोमबार

253
0
Share:

काठमान्डौ/राष्ट्रिय सभामा रिक्त दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको छ । उम्मेदवारको मनोनयन दर्ता भदौ ३० गते आइतबार हुने छ ।

 

सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा रिक्त रहेका सभापति पदका निर्वाचन हुन लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार आइतबार बिहान १०:३० देखि अपराह्न १२:३० सम्म ‘राष्ट्रिय सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस्’ प्रस्ताव दर्ता हुने छ । प्रस्ताव राष्ट्रिय सभाका सचिवको कार्यकक्षमा दर्ता हुने छ ।

 

दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसारको सूची आइतबार अपराह्न १ बजे प्रकाशन हुने छ । सोमबार सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने छ । सोपछि प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरिने छ । उम्मेदवारीको प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्न समितिको बैठक सोमबार अपराह्न १ बजेका लागि निर्धारण गरिएको छ ।

 

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति मायाप्रसाद शर्माको कार्यकाल गत भदौ २३ गते सकिएपछि दुवै पदमा निर्वाचन हुन लागेको हो ।

Share: