Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन’ चौथो महासभा सम्पन्न – Lekhanpeeth

‘युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन’ चौथो महासभा सम्पन्न

186
0
Share:

काठमान्डौ/क्यालीफोर्निया राज्यको लस एन्जल्समा “युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडरेसन” (अन्टिएफ) को चौथो महासभा तथा दशौ बार्शिकोत्सव १४ तारिख केन्य स्ट्रिट नरविकवको हिन्दु मन्दिर तथा बौद्द स्तुपाको सभाहलमा सम्पन्न भयो । कार्यक्रमले नेपाली तेक्वान्दोको भविष्यका बारेमा छलफल गरि राष्ट्रिय खेलकुद परिषदका पूर्व तेक्वान्दो बरिष्ठ प्रशिक्षक तथा एभरेष्ट तेक्वान्दो स्कूल मिचिगनका संथापक मास्टर लब प्रशाद गोर्खालीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्बसम्मति बाट गठन गरेको छ ।

 

वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोशाध्यक्षमा अमृत महतो र सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई, र नन्दु विष्ट निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक रोशन अधिकारीले यो जानकारी दिएका हुन्।

Share: