सेती नदीमा ट्याक्टर खस्दा तीन जना घाइते, दुई बेपत्ता

63
0
Share:

काठमान्डौ/सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्। बुधबार बिहान करिब ९: ३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गइरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

 

ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन्। यस्तै ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय नीरज विकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Share: