
काठमान्डौ/सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकीपूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन् ।
फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छ