
काठमान्डौ/आइतबार १ हजार ७०० रुपैयाँले बढेसँगै सुनको मूल्य रेकर्ड बिन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार पुनः १७०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।