दशैं तिहारमा चिनीको अभाव नहुने

156
0
Share:

काठमान्डौ/दशैं तिहारमा चिनीको अभाव नहुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन थालिएपछि चिनीको अभाव टर्ने छ ।

 

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति अनुसार चिनी ल्याउन सात वटा व्यवसायी कम्पनी छनोट गरी चिनी आयात भइसकेको र बजारमा पठाउन शुरु गरिएको विभागले जनाएको छ ।

 

चिनीको मूल्य प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

Share: