Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा – Lekhanpeeth

विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा

199
0
Share:

काठमान्डौ/वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग-२ मा ओमानसँग अंक बाँडेको छ। मंगलबारको खेलमा ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थान#मा यथावत छ।

 

यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ। युएईलाई मंगलबार नै अमेरिकाले १३४ रनले हरायो। अमेरिकाले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको युएई २०३ रनमा सीमित भएको थियो। सो जितसहित अमेरिकाले लिगको सुपर फोरमा स्थान पाउने सम्भावना बलियो भएको छ।

 

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछिपार्दै दोस्रो स्थानमा उक्लेको हो। पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ। ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ। पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ।

 

घरेलु भूमिमै जारी अमेरिका र युएई सहितको श्रृङखलामा नामिबियाले खराब प्रदर्शन गर्दै तीन खेलमा नै हारको सामना गरेको छ। पुछारको टोली युएईले पनि नामिबियासँगको यसै सिरिजमा अंक बटुलेको हो। क्यानडामा जारी सिरिजमा क्यानडा र ओमानको एक खेल बाँकी छ। नामिबियामा भएको सिरिजमा नामिबिया र युएईको खेल बाँकी छ।

 

एक महिनापछि अमेरिकामा हुने नेपाल र स्कटल्यान्डसहितको सिरिजले तालिकालाई एउटा बाटोमा लैजाने छ। सोही सिरिज नै नेपालका लागि महत्त्वपूर्ण साबित हुनेछ।

Share: