प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

99
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा। मुहमद युनुसबीच भेटवार्ता भएको छ ।

 

सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र युनुसबीचको भेटवर्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।

 

 

साथै भेटमा ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध र क्षेत्रीयरबहुपक्षीय मञ्चहरूमा सहकार्यमा केन्द्रित रहेको नेपाल(बंगलादेश सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Share: