Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि – Lekhanpeeth

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

244
0
Share:

काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।

 

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

 

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिए ।

Share: