६ सय रुपैयाँले घट्यो सुनको मूल्य

125
0
Share:

काठमान्डौ/साताको पहिला दिन आइतबार आज सुनको मूल्य सामान्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो । आइतबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ६६९ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ ।

Share: