कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

69
0
Share:

काठमान्डौ/कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-१ सोमबार राति ९ बजेतिर दुई मोटरसाइकल आपसमा ठोकिएका हुन्।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कैलालीको जानकी गाउँपालिका-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो।

 

चौधरीले चलाएको से ६ प ६२७९ र मल्लले चलाएको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्। मल्लको मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ कै २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

 

मल्ल दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै थिए। तर दुर्घटनामा परेर बाटोमै ज्यान गुमाए। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मल्ल र चौधरीलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

 

मृतक दुवैको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।g buttonwhatsapp sharing buttonsharethis sharing button

Share: