Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तोलामा पाँच सयले घट्यो सुनको मूल्य – Lekhanpeeth

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

171
0
Share:

काठमान्डौ/साताको तेस्रो कारोबार दिन मंगलबार आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले घटेको सुनको मूल्य यो दिन तोलामा ५०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो।

 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, महासंघका अनुसार यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार १७५ रुपैयाँ छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ६५०.५० रुपैयाँ छ ।

 

यो दिन अन्तरराष्ट्रिय बजारमा भने ०.१६ प्रतिशतले सुनको मूल्य बढेको छ ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस २ हजार ६३९ डलरमा कारोबार भइरहेको छ ।

Share: